जनकपुरधाम । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै छ । पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा रहेको छ ।
मंगलबार परिक्रमा सम्पन्न भएपछि आज मिठामिठा परिकार खाँदै एकअर्कालाई रंग दलेर हर्सोल्लासपूर्वक होली मनाइँदै छ ।
यसअघि फागुन पूर्णिमाको दिन सोमबार पहाडी जिल्लामा र मंगलबार तराई मधेशका जिल्लाहरुमा होली पर्व मनाइएको थियो ।
असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक एवं आपसी एकता सद्भावकमो रुपान होली पर्व मनाउने गरिन्छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित मातहतका निकायमा कार्यरत कर्मचारीले हरेक शनिवार २ घन्टा पशुपतिनाथ मन्दिरको सरसफाइ गर्ने भएका छन् ।
पशुपति क्षेत्रको जिम्मेवार निकाय पशुपति क्षेत्र विकास कोष कार्यालयले नियमित सफाइ गर्न नसकेपछि पर्यटन मन्त्रालयले कर्मचारीलाई पनि सरसफाइमा जुट्न आग्रह गरेको हो ।
मन्त्रालयसहित मातहतका २१ वटा निकायका पदाधिकारी र कर्मचारीबाट अब हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत् सरसफाइ कार्यक्रम गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया