News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विजनेश समाचार

आज कालिमाटी बजारमा फलफूल र तरकारीको मूल्य कति ?

473
SHARES


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफुलको मूल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १ सय ६० रुपैयाँ, हरियो अंगुर र भारतीय सुन्तला १ दया २० रुपैयाँ, अनार २दया ५० रुपैयाँ र आभोकाडो ५सय रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ३सय रुपैयाँ र अम्बा २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैया, सेतो आलु १६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ४० रुपैयाँ, कागती २ सय ३० रुपैयाँ, सुकेको खुर्सानी ४ सय रुपैयाँ र हरियो खुर्सानी १ सय १० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, राजमा घिउ सिमी १ सय १० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्य च्याउ १ सय ५० रुपैयाँ, डल्ले च्याउ २ सय ५० रुपैयाँ तोकेको छ।

यस्तै, कालिमाटी बजारले तितो करेला १ सय २० रुपैयाँ, तोरीको साग २० रुपैया, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना २ सय २० रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ कायम गरेको छ ।

ब्रोबाउली र भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी १ सय २० रुपैया केजी र हरियो धनिया ४० रुपैयाँमा पाइने समिति जनाएको छ । उता, ताजा छडी माछा प्रतिकेजी २ सय ५० रुपैयाँ, बचुवा माछा २ सय ६० रुपैयाँ साथै मंगुरी माछा ३ सय १० रुपैयाँ केजी र रहु माछा ३ सय ३० रुपैयाँ तोकेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया