News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र निर्माण

379
SHARES


काठमाडौँ। मुलुकको आगामी नयाँ राष्ट्रपतिको फागुन २५ गते हुने निर्वाचनका लागि मतदान केन्द्र निर्माण गरिएको छ ।

बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुईवटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय सांसद र प्रदेश सभा सदस्यका लागि मतदान गर्न बेग्ला-बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेश सभा सदस्य ५ सय ५० मतदाता छन् ।

निर्वाचनमा संघीय सांसदको एक मतबराबर ७९ र प्रदेश सभा सदस्यको एक मतबराबर ४८ मतभार कायम गरिएको छ ।

निर्वाचनका लागि संघीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिस्टार केशव पौडेल र प्रदेश सभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिस्टार लोकनाथ पराजुली छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया