News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

पटमूर्खको उपाधि ऋषि धमलालाई

4.3K
SHARES


काठमाडौँ । पटमूर्खको उपाधि पत्रकार ऋषि धमलाले प्राप्त गरेका छन् ।

मंगलबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा धमला पटमूर्ख घोषित गरिएको हो ।

आयोजकले उनलाई पटमूर्ख घोषित गर्दै त्यसको उपाधि प्रदान गरेको थियो । मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह यस वर्षको ‘महामूर्ख’ घोषित भएका छन् । त्यस्तै सम्मेलनले रत्नेश्वर लाल कर्णलाई डपौरशंख, हरि मण्डललाई वैशाख नन्दन, बिभा ठाकुरलाई गंधपसारैन, अरुण लाल कर्णलाई खबसुरता, संजय झालाई लोढाशंख घोषित गरेको छ ।

यसैगरी रेखा झालाई मनटुटिया, लालबाबु यादवलाई हराशंख, बलराम साहलाई बज्रसोटा, बिरेन्द्र रमणलाई शोटाचंद, किरण झा रश्मीलाई टुनमुसरी र डा। सोनु कुमार साहलाई बज्रकीटलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया