काठमाडाैँ । दोलखाका रेडियोकर्मी शेरबहादुर भुजेलको निधन भएको छ । भुजेल दोलखाको सामुदायिक रेडियो कालिन्चोक एफएमका सञ्चालक समिति सदस्य थिए ।
उनि त्यसअघि रेडियो कालिन्चोकका समाचार प्रमुख पनि रहेका थिए । ३८ वर्षका उनको दोलखाको पवटीस्थित निवासमा गएराती सुतेकै अवस्थामा निधन भएको हो । उनलाई उच्च रक्तचापको समस्या रहेको थियो ।
भुजेल सामुदायिक रेडियो अभियानमा सक्रिय थिए । सामुदायिक रेडियो प्रसारक संघले विज्ञप्ति निकालेर दुख ब्यक्त गर्दै शेरबहादुरप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
प्रतिक्रिया