News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

दार्चुलामा जीप दुर्घटना, ६ जना भारतीय नागरिक घाइते

272
SHARES


दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

दार्चुलाकाे महाकाली नगरपालिका- ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश-०३ ००१ ज ०३४० नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् ।

जीपमा भारतीय नागरिक रहेका बताइएको छ । भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्न आएका बुझिएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । जीप बाङ्गाबगरको जीपपार्कबाट लास्कु खोलामा खसेको हो ।

मङ्गलवार बिहान भएको घटनाको थप विवरण आउन बाँकी छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया