काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको स्पेनमा निधन भएको छ । १२ वर्षदेखि स्पेनमा बस्दै आएका ६० वर्षीय गायक लम्सालको सोमबार राति निधन भएको गीतकार शिव हमालले बताए ।
लम्साल मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा हुन् । लम्साल पहिल्यैदेखि बिरामी रहेका थिए । पछिल्लो समय पिसाबसम्बन्धी समस्या देखिएको थियो ।
आचार्यको पार्थिव शरीरलाई स्पेनबाट नेपाल ल्याइने भएको छ । भिडियो छायांकनका लागि पोखरा पुगेका सागर पनि काठमाडौं फर्कंदैछन् ।
राजेन्द्र लोक गायन क्षेत्रका पाका गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् । ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मर्स्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’,लगायत गीत उनका लोकप्रिय हुन् ।
प्रतिक्रिया