• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    संक्रमणकालीन न्याय सामान्य फौजदारी कानुनबाट टुंगिने विषय होइनः रमेश लेखक

    430
    SHARES


    काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले १० वर्षे सशस्त्र द्वन्द्वका पीडितलाई समयमै न्याय दिलाउन नसक्नु कमजोरी भएको स्वीकार गरेका छन् ।
    ‘संक्रमणकालीन न्यायलाई समयमै सम्पन्न गर्न नसक्नुलाई सबैले कमजोरीका रुपमा स्वीकार गर्नुपर्छ । तर प्रदीप ज्ञवालीजीले १५–१६ वर्षयता शेरबहादुर देउवाजी प्रधानमन्त्री भएको मात्र देख्नुभएको रहेछ । शेरबहादुरजीभन्दा पहिले केपी ओलीजी साढे ३ वर्ष प्रम हुनुहुन्थ्यो त,’ एक पत्रकारसंगको बहसमा लेखकले भने ।

    नेता लेखकले संसदको यसै अधिवेशनमा बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक अविलम्ब पारित गर्नुपर्ने पनि औंल्याए । उनले भने, ‘सर्वोच्च अदालतले बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा रहेका जुन जुन व्यवस्थालाई खारेज गरेको छ त्यसलाई परिमार्जन गरेर यसै अधिवेशनमा प्रस्तुत गर्नुपर्छ । यसै अधिवेशनमा पास भएन भने अर्को अधिवेशनमा पास गरेर आयोगलाई काम गर्न दिनुपर्छ ।’
    दुवै आयोगमा कुनै काम नभएको भन्ने आरोपको पनि खण्डन गरे । लेखकले भने, ‘आयोगमा ६४ हजार उजुरी रहेका छन् । परिचयपत्र दिने काम भएको छ । अब भने बाँकी काम गर्नुपर्छ ।’
    सर्वोच्च अदालतको धारणालाई नकारात्मक रुपमा लिन नहुने पनि लेखकले औंल्याए । उनले भने, ‘द्वन्द्वपीडित सर्वोच्च अदालत जान पाइँदैन भन्ने होइन ।

    तर संक्रमणकालीन न्याय नियमित र सामान्य फौजदारी कानुनबाट टुंगिने विषय होइन । यसलाई संक्रमणकालीन न्यायकै मान्यता अनुसार टुंग्याउनुपर्छ । सर्वोच्च अदालतको धारणालाई नकारात्मक रुपमा लिनुहुँदैन ।’

    संक्रमकालीन न्याय कुनै विशेषको मात्र नभएर साझा विषय भएको पनि लेखकको धारणा छ । उनले थपे, ‘यो कुनै पार्टी विशेषको विषय होइन, सबैको साझा विषय हो । यसलाई आरोप-प्रत्यारोप वा राजनीति गर्ने विषय बनाउनु हुँदैन ।’

    मानवअधिकारका विषयलाई विशेष रुपमा हेर्नुपर्छ । सुदूरपश्चिम प्रदेशको सरकार हेरफेरसँगै राजनीति नयाँ कोर्समा प्रवेश गरेको उनले बताए । केन्द्रमा नयाँ गठबन्धन बनेकाले त्यसको प्रभाव सबै राजनीतिक संस्थामा पर्ने पनि नेता लेखकको भनाइ छ । रिपोर्टर्स नेपाल बाट

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ