काठमाडौँ। चितवनमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको हो ।
अस्पतालमा उपचारका लागि लगिएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको केन्द्रका सूचना अधिकारी डा. प्रभात न्यौपानेले बताए । मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हुनसक्ने चिकित्सकको भनाइ छ ।
घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको पनि उनले बताए । यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उनको भनाइ छ ।
पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण देखापर्ने न्यौपानेले बताए । सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुरको मृत्यु हुने गर्दछ ।
प्रतिक्रिया