काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीमाथि जित हात परेको छ ।
सोमबार भएको खेलमा नेपालले युएईलाई ४२ रनले हराएको हो ।
नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुँदै १ सय ८७ रन बनायो ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रन बनाएको थियो ।
नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाएका थिए ।
प्रतिक्रिया