काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।
पहिलो विकेटका रुपमा आसिफ शेख आउट भएका छन् । आसिफ जुनेद सिद्धिकीको बलमा आयान खानबाट क्याच आउट भएका हुन् ।
आसिफले १४ बल खेलेर ६ रन बनाएका थिए । नेपालले अहिले ५ ओभरमा १ विकेट गुमाएर १४ रन बनाएको छ ।
क्रिजमा ज्ञानेन्द्र मल्ल र कुशल मल्ल रहेका छन् । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।
यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो ।
प्रतिक्रिया