काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य तथा संकटा क्लबका मिडफिल्डर सुनिल बल आज अष्ट्रेलिया जाँदै छन् ।
राष्ट्रिय टोलीका नियमित सदस्य सुनिल सोमबार साँझ अष्ट्रेलिया प्रस्थान गर्दै छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहदा सुनिल अष्ट्रेलिया जान लागेका हुन् ।
सुनिलले लिग अन्तर्गत संकटाका लागि पहिलो खेल समेत खेलेका थिए । पहिलो खेलमा संकटाले आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।
अघिल्लो सिजन उनले च्याम्पियन टोली मछिन्द्रबाट खेलेका थिए । पछिल्लो समय नेपाली खेलाडीहरु अष्ट्रेलिया जाने क्रम रोकिएको छैन ।
प्रतिक्रिया