• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चीनलाई कमजोर बनाउने प्रयास तीव्र भएको भन्दै ७ प्रतिशतले बढायो रक्षा बजेट

    462
    SHARES


    काठमाडौं । आफ्ना सेनालाई थप शक्तिशाली बनाउने उद्देश्यले चीनले रक्षा बजेट बढाएको छ । चीनले ७ प्रतिशतले रक्षा बजेट बढाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

    चिनियाँ संसद (नेसनल पिपुल्स कंग्रेस) मा संबोधन गर्दै प्रधानमन्त्री ली केकियाङ्गले चीनलाई कमजोर बनाउने प्रयास तीव्र भएको भन्दै यस वर्ष रक्षा बजेट बढाउने निर्णय गरिएको बताए । उनले सीमा क्षेत्रमा सैन्य प्रशिक्षण र सबै प्रकारका तयारीलाई तीव्र बनाउनुपर्नेमा जोड दिए ।

    चीनले सेनाका लागि बर्सेनि करिब दुई सय अर्ब डलर खर्च गर्ने गरेको छ । यद्यपि उसको प्रतिद्वन्द्वी अमेरिकाको तुलनामा यो करिब चार गुणा कम हो । संसद बैठकमा चीनले यस वर्ष ५ प्रतिशतभन्दा कम आर्थिक विकासको लक्ष्य राखेको जानकारी पनि गराइएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ