• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    बङ्गलादेशस्थित दूतावासका २ पूर्व कर्मचारी पक्राउ

    382
    SHARES


    काठमाडौँ। साउदी अरबले बङ्गलादेशस्थित आफ्नो दूतावासका दुई पूर्व कर्मचारीलाई पक्राउ गरेको छ । साउदी अरबको भ्रष्टाचार विरोधी एजेन्सीले बङ्गलादेशस्थित आफ्नो दूतावासमा कार्यरत दुई पूर्व कर्मचारीलाई पक्राउ गरेको हो ।

    उनीहरू दुवैलाई साउदीमा वर्क भिसा जारी गर्ने ठुलो घोटालामा संलग्न रहेको आरोप रहेको छ । यस धाँधलीमा अन्य ११ जना विरुद्ध पनि आरोप रहेको जनाएको छ ।

    साउदी अरेबियाको भ्रष्टाचार विरोधी प्राधिकरण नाजाले ट्वीटरमा यो जानकारी दिएको हो । पक्राउ पर्नेमा दूतावासको कन्सुलर विभागका पूर्व प्रमुख अब्दुल्लाह फलाह मुदी अल-शमारी र उनका सहयोगी खालेद नसर अयाद अल(काहतानी रहेका छन् ।

    नाझाका अनुसार यस धाँधलीमा आन्तरिक मन्त्रालयका दुई अधिकारी, आठ बङ्गलादेशी नागरिक र एक प्यालेस्टिनी लगानीकर्ता पनि संलग्न छन् ।

    यी अधिकारीहरूले दूतावासमा काम गर्दा वर्क भिसा जारी गरे बापत १४.४ मिलियन डलर प्राप्त गरेको बताइएको छ । यो रकम किस्ताबन्दीमा दिइएको थियो ।

    डेली स्टारका अनुसार दुवै अभियुक्तले घुसको रकम साउदी अरब पठाएको र केही अंश विदेशमा लगानी गरेको स्वीकार गरेका छन् ।

    यस्तै करिब दुई महिनाअघि साउदीका तीन जना अधिकारीलाई परमिट जारी गर्नका लागि भर्ती एजेन्सीबाट घुस लिएको आरोपमा निलम्बन गरेको डेली स्टारले जानकारी गराएको छ ।

    तेस्रो कर्मचारीको नाम भने सार्वजनिक गरिएको छैन । तीमध्ये दुई जना अधिकारी अहिले पक्राउ परेका छन् ।

    साउदी र बङ्गलादेशी मिडियामा भनिए अनुसार करिब एक वर्ष पहिले ढाकास्थित साउदी दूतावासले नियम उल्लङ्घन गरी भर्ती गर्ने एजेन्सीहरूबाट प्रत्येक वर्क भिसाका लागि २ सय २० देखि २ सय ५० डलर लिन थालेको थियो ।

    धाँधलीमा संलग्न केही अभियुक्तको घरमा छापा मारेर ५० लाखभन्दा बढी नगद, सुन र सवारीसाधन बरामद गरिएको छ । नाजाका अनुसार यो सबै साउदीमा वर्क भिसा बेचेर आम्दानी गरिएको खुलेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ