News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

जबरजस्ती लोला हान्ने र रंग दल्नेलाई पक्रिन्छौँ : एसएसपी कार्की

374
SHARES


काठमाडौँ । काठमाडौँ उपत्यका सहित देशका पहाडी जिल्लाहरूमा सोमबार(आज) होली मनाइँदै छ । उपत्यका र पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा पनि दिइएको छ ।

काठमाडौँ प्रहरीले फागु पूर्णिमामा हुने भिडभाडपूर्ण कार्यक्रममा सुरक्षा दिने गरी सुरक्षा योजना लागु गरेको छ । होली खेल्ने नाममा जबरजस्ती लोला हान्न निषेध गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए । होलीको अबसरमा उपत्यकामा साढे ८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

इच्छा विपरीत रंग दल्ने र लोला हानेर दुर्व्यवहार गरेको भेटिए पक्राउ गरिने एसएसपी कार्कीले बताए । उनले भने-‘इच्छा विपरीतको क्रियाकलाप बारे कसैले उजुरी गरेमा आरोपीलाई अभद्र व्यवहार मुद्दा चलाउँछौँ ।’

अबिर दल्ने कुरामा पनि जबरजस्ती गर्न नहुने कार्कीले बताए । होलीको नाममा जबरजस्ती लोला हान्नेलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाउने अधिकार प्रहरीलाई छ । सो मुद्दामा १ वर्ष कैद र १० हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया