News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

अरुण नदीको पुलको नट बोल्ट भाँचिएपछि गाडी आलोपालो चलाइँदै

242
SHARES


भोजपुर। भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटमा रहेको अरुण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ । नट बोल्ट भाँचिएपछि गाडीलाई आलोपालो प्रवेश गराउन थालिएको छ ।

पुलको नट बोल्ट भाँचिएपछि जोखिम बढेकाले गाडी आलोपालो गरी चलाइनुका साथै कम क्षमता भएका गाडीलाई मात्र प्रवेश गर्न दिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक शरत्कुमार थापा क्षेत्रीले बताए । उनले पुलमा आवागमनका लागि प्रहरीले समन्वय गरिरहेको बताए ।

पुलमा लगाइएका आठ वटा नट बोल्ट भाँचिएपछि १० टनभन्दा बढीका गाडी प्रवेशमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय तुम्लिङटारले एक सूचना जारी गर्दै पुलमा लगाइएका नट बोल्ट भाँचिएको पुष्टि गर्दै सबैलाई सचेत रहन आग्रह गरेको हो ।

पुलको मध्यभागमा स्टिल ग्रिडर र भर्टिकल पोस्ट जोड्ने बेस प्लेटको नट बोल्ट भाँचिएको बताइएको छ । अहिले पुलमा सुरक्षाकर्मीको समन्वयमा एक पटकमा एउटा गाडीमात्रै प्रवेश गर्ने व्यवस्था मिलाइएको सडक डिभिजन तुम्लिङटारले जनाएको छ ।

१० वर्ष अगाडिबाट सञ्चालनमा आएको एक सय २० मिटर लम्बाइ र सात मिटर चौडाइको यो पुल जोखिममा परेपछि आवागमनमा समस्या भएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया