News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

डाक्टर रुइतले गरे जन्मगाउँका ७० जनाको आँखाको शल्यक्रिया

685
SHARES


काठमाडौँ। बरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुइत नेतृत्वको चिकित्सक तथा आँखा प्राविधिकको टोलीले आफ्नो जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ७० जनाको आँखा शल्यक्रिया गरेको छ ।

शनिबार ४८ र आइतबार २२ जना गरी कूल ७० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष मुक्ति(राजन)लावुङ लिम्बूले जानकारी दिए ।

फागुन ८ गतेदेखि फक्ताङलुङ गाउँपालिकाका विभिन्न दुर्गम बस्तीमा पुगेर आँखा प्राविधिकहरुले २ हजार जनाको आँखाको जाँच गरी मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीको छनौट गरेको थियो ।

छनौट भएका बिरामीको गाउँपालिकाको केन्द्र तापेथोकमा आएर रुइत नेतृत्वको चिकित्सक तथा प्राविधिकको टोलीले शनिवार र आइतबार आँखाको शल्यक्रिया गरेको थियो ।

तिलगंगा आँखा प्रतिष्ठान र फक्ताङलुङ गाउँपालिकाको संयुक्त आयोजनामा भएको यस्तो शिविरमा शल्यकृया गर्नुपर्ने प्रकृतिका बिरामीलाई शल्यक्रिया स्थल सम्म ल्याउने यातायात सुबिधा देखि बस्ने र खाने व्यवस्था समेत गाउँपालिका आफैंले गरेको गाउँपालिकाले जनाएको छ । अन्य उपचार प्रवन्ध तिलगंगा आँखा प्रतिष्ठानले गरेको थियो ।

दुर्गम र पछि परेको आफ्नो जन्मक्षेत्रमा आएर आफू नेतृत्वको टोलीले स्थानीयलाई सेवा दिन पाउँदा वर्ग महशुस गरेको डाक्टर रुइतले बताए । उनको जन्म गाउँ फक्तालुङ गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोला हो । शिविर सकेपछि उनी आफ्नो जन्म गाउँ ओलाङचुङगोलातर्फ लागेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया