News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सुदुरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुई तिहाई मत

583
SHARES


काठमाडौँ। सुदूरपश्चिममा प्रदेशमा दुई तिहाई बहुमतको समर्थनमा सरकार बनेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाई मतका साथ विश्वासको मत प्राप्त गरेका हुन् ।

आज विश्वासको मत लिएका मुख्यमन्त्री शाहलाई नेकपा माओबादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजबादीले विश्वासको मत दिएका छन् ।

दिउँसो १ बजेदेखि सुरु भएको प्रदेश सभा बैठकमा तीनवटै दलका नेताहरुले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका हुन् । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, नेकपा एसका ४ र स्वतन्त्र १ जना रहेका छन् । मुख्यमन्त्रीको पक्षमा ४१ मत प्राप्त भएको छ।

मुख्यमन्त्री शाहलाई मत नदिने निर्णय गरेका नेकपा एमाले र राप्रपा प्रतिपक्षमा छन्। प्रदेश सभामा एमालेका उपसभामुखसहित १० सांसद छन्। मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन्। आइतबार प्रदेश सभा बैठकबाट शाहले विश्वासको मत पाएका हुन।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले विश्वासको मत पाएको घोषणा गरे। शाहको पक्षमा ४१ प्रदेश सांसदले मतदान गरे भने । विपक्षमा ११ सांसदले मत खसाले ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया