News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

मदन भण्डारी हत्याको छानबिन माग गर्दा २१ जनालाई मारियो : केपी ओली

483
SHARES


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मानिसको हत्या भएको बताएका छन् ।

सुखानीको बलिदानको स्मृतिमा आयोजित ५० औं सहिद दिवसका अवसरमा एमालेले आइतबार गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले २०४६ को परिवर्तनपछि समेत मानिसहरू मार्ने क्रम नरोकिएको बताए ।

‘मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो । त्यस प्रशंगमा हामीले छानबिन होस् भनेर माग गर्यौं । त्यो माग गर्दामात्रै २१ जनालाई गोली हानेर हत्या गरियो’, अध्यक्ष  ओलीले भने ।

आयोग बनाएर छानबिन गरिदेऊ भन्दा झापामा डिल्ली गौतमसहित थुप्रै ठाउँमा हत्या भएको अध्यक्ष ओलीको भनाइ छ । उनले बहुदल आएपछि कांग्रेसले डेमोक्रेसी रक्षाका लागि भन्दै अकारण गोली हानेर मार्ने गरेको बताए ।

उनले सशस्त्र जनयुद्धमा पनि धेरै मानिस मारिएको भन्दै २०६३ सालमा बृहत् शान्ति सम्झौतापछि राजतन्त्र हटेको पनि भटाए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया