काठमाडौँ। न्युयोर्कबाट नयाँ दिल्लीका लागि उडान भरेको विमान भित्रै एक भारतीय यात्रुले पिसाब फेरिदिएका छन ।
शनिबार राती दिल्ली एअरपोर्टमा अवतरण गरेको एए २९९ को उडानको विमानमा भारतीय विद्यार्थीले आफ्नै सहयात्रीको शरीरमा पिसाब फेरिदिएका हुन् ।
मादक पदार्थ सेवन गरेका ती विद्यार्थीले आफ्नै सहयात्रीलाई पिसाब फेरिदिए पछि दिल्ली एअरपोर्टमा विमान अवतरण हुने बित्तिकै उनलाई नियन्त्रणमा लिइएको छ ।
भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डिजिसि)का अनुसार सो घटना पछि एयरलाइन्सका चालक सदस्य दलले विमानलाई सहजै दिल्ली एअरपोर्ट अवतरण गराएको बताएको छ ।
अमेरिकी एयरलाइन्सले एक विज्ञप्ति जारी गरी विमान भित्र दुर्व्यवहारको घटना भए पनि पाईलटहरुले सहजै स्थिति नियन्त्रणमा लिन सकिएको जनाउँदै विमानका अन्य यात्रुहरूलाई कुनै समस्या नपरेको जनाएको छ ।
दिल्ली एअरपोर्टका डिसीपी देबसकुमार महलाकाका अनुसार दिल्ली प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको छ । ‘विमान भित्रै मादक पदार्थ सेवन गरे सहयात्री माथि दुर्व्यवहार गर्ने ती विद्यार्थीलाई दिल्ली एअरपोर्टबाट नियन्त्रणमा लिइसकेको छ’ उनले भने ।
पक्राउ परेका उनलाई भारतीय नागरिक उड्डयन महानिर्देशनालयले केही समयका लागि हवाई सवारीमा प्रतिबन्ध लगाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार विमानस्थलमा हर्कत गर्ने विद्यार्थीको नाम भने उनको करिअरलाई ख्याल गरेर गोप्य राखिएको भारतीय प्रहरीले जनाएको छ । यसअघि पनि एक भारतीयले बिमान भित्र यस्तै हर्कत गरेको घटना सार्वजनिक भएको थियो ।
प्रतिक्रिया