काठमाडौं । एकान्तकुनास्थित यातायात कार्यालयको सर्भर डाउन भएको छ ।
आइतबार (आज) बिहानदेखि कार्यालयको सर्भर डाउन हुँदा सबैजसो सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै सेवा अवरुद्ध बनेको जानकारी गराएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान कार्यालय समयदेखि नै सर्भरमा प्राविधिक समस्या आउँदा स्मार्ट कार्ड वितरण बाहेक सबै सेवा अवरुद्ध बनेको छ ।’
सर्भर डाउन भएसँगै आज आइतबार बायोमेट्रिक परेका सेवाग्राहीको बायोमेट्रिक समेत रोकिएको छ । अब २५ गतेका लागि नयाँ बायोमेट्रिक मिति तोकिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया