News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

माधव नेपालका भाइको अन्त्येष्टि भोलि

341
SHARES


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको भोलि अन्त्येष्टि गरिने भएको छ ।

माधव नेपालको सचिवालयले जनाएअनुसार स्वर्गीय नेपालका छोरीहरु भोलिमात्रै नेपाल आइपुग्ने भएकोले उनको अन्त्येष्टि भोलि गरिने भएको छ ।

सरोजकुमारको हिजो काठमाडौंको एक रेष्टुरेन्टको ६ तलाबाट खसेर निधन भएको हो । नेपालको सचिवालयले भनेको छ-

सादर अनुरोध ! पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष क. माधवकुमार नेपालका भाई एवम् पार्टी केन्द्रीय कमिटी सदस्य क. सरोजकुमार उपाध्यायप्रति अन्तिम श्रद्धान्जली एवम् अन्त्येष्टीको कार्य भोली फाल्गुण २२ गते उहॅाका छोरीहरू नेपाल फर्किएपछि मात्र हुने भएकोले सम्बन्धित सबैलाई सोही अनुसार उपस्थितिका लागि सादर अनुरोध छ ।

समय सहितको तालिका पछि जानकारी गराउने कुरा समेत अनुरोध छ । क. माधवकुमार नेपालको सचिवालय

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया