• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    झलनाथ खनाल र शंकर पोखरेलबीच गोप्य वार्ता, पार्टी एकताबारे छलफल

    517
    SHARES


    काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच गोप्य भेटवार्ता भएको छ । उक्त वार्ताका क्रममा २ नेताबीच पार्टी एकताबारे छलफल भएको छ ।

    नेता खनालको निजी निवास डल्लुमा भएको भेटवार्तामा महासचिव शंकर पोखरेलले पार्टी एकताको प्रस्ताव गरेका छन् ।

    ‘देश राजनीतिक र आर्थिक रुपले गम्भीर संकटमा पुगेको छ । वामपन्थीबीचको सहकार्य गर्दै पार्टी एकतामा लाग्नुपर्छ’, महासचिव पोखरेलले खनालसँग प्रस्ताव गरेका छन् । पोखरेलको प्रस्तावप्रति नेता खनालले आफु सकारात्मक रहेको जवाफ दिएका छन् ।

    नेता खनालले पोखरेलसँग भेटवार्ता भएको पुष्टि गरे । ‘अहिले देशको अवस्था ठिक छैन । यस्तो बेला राजनीतिक नेताहरुबीच भेटवार्ता हुनु स्वभाविक हो, भइरहेका छन्’, खनालले भने, ‘मुलुकको समस्या कसरी समाधान गर्ने भन्ने बारेमा कुराकानीहरु हुन्छन्, एमाले महासचिवसँग पनि त्यसैमा रहेर कुराकानी भयो ।’

    पछिल्लो समय राजनीतिक समीकरण फेरिएसँगै एमाले र एकीकृत समाजवादीका नेताहरुबीचको भेटवार्ता बाक्लिएको छ । नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल,शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता खनाललगायतका नेताहरुसँग दैनिकजसो संवादमा छन् ।

    यसअघि बिहीबार राष्ट्रपतिका उम्मेदवारसमेत रहेका सुवास नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु एकीकृत समाजवादीको कार्यालयमा पुगेर राष्ट्रपतिमा भोट माग्नुका साथै पार्टी एकताबारे करिव २ घण्टा छलफल गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ