• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    काइली २१ वर्षको उमेरमा विश्वकै कान्छी अर्बपति

    1.6K
    SHARES


    काठमाडौँ । सन् २०१९ मा आजकै दिन (मार्च ५) मा काइली जेनर विश्वकै कान्छी अर्बपति बनेकी थिइन् । अमेरिकी सञ्चारकर्मी तथा व्यवसायी जेनर आफ्नै बलबुतामा २१ वर्षको उमेरमा अर्बपति बनेकी हुन् ।

    फोब्स म्यागजिनको अर्बपतिको सूचीमा पहिलो पटक सन् २०१९ मा अटाएकी जेनर शृंगारका सामानको व्यवसायबाट धनाढ्य बनेकी हुन् । उनको कम्पनी काइँली कस्मेटिक्सले २०१९ मा मात्र ३६ करोड अमेरिकी डलर बराबरको नाफा कमाए पनि उनी उक्त सूचीमा परेका हुन् ।

    जेनरले २०१५ को नोभेम्बर ३० मा २९ डलरबाट आफ्नो व्यवसाय सुरु गरेकी थिइन् । त्यसको १८ महिनामै उनको कम्पनीले ४२ करोड डलरका शृंगार सामग्री बिक्री गरेको थियो ।

    सन् २०१६ मा होलिडे कलेक्सन बजारमा ल्याएपछि भने उनको कम्पनीले दैनिक करोडभन्दा बढी कमाएको थियो । फोब्सको सन् २०२२ को सूचीअनुसार भने उनको कुल सम्पत्ति ६ सय मिलियन अमेरिकी डलर छ ।

    जेनरले सन् २००७ देखि २०२१ सम्म कार्दशियनस परिवारका सदस्यसँगै टेलिभिजन सिरिज ‘ई’ मा अभिनय गरेकी थिइन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा धेरै फलोअर हुने सेलिब्रेटीमा उनी चौथो र महिलामा दोस्रो स्थानमा छन् । इन्टामा उनका भन्दा धेरै फलोअर क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र सेलेना गोमेजका छन् ।

    २१ वर्षमै अर्बपतिको सूचीमा अटाएसँगै उनले सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गको रेकर्ड तोडेकी थिइन् । कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकरबर्ग २३ वर्षका थिए । जुकरबर्गको रेकर्ड तोडिएपछि जेनरले ‘आफूले खासै केही अपेक्षा नगरेको भए पनि धनाढ्यको सूचीमा पर्दा साँच्चिकै खुसी लागेको’ बताएकी थिइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ