• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सहिद परिवारले जनयुद्धमा सहभागी भएका सबै शीर्ष नेताहरूलाई बोलाए एउटै कार्यक्रममा

    558
    SHARES


    काठमाडौँ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद तथा बेपत्ता पारिएका परिवारका सदस्यहरुले शीर्ष नेताहरू बोलाएर आज अन्तरक्रिया गर्दै छन् ।

    सहिद र बेपत्ता परिवारका सन्ततिहरूले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित शीर्ष नेताहरूलाई बोलाएर कार्यक्रम गर्न लागेका हुन् ।

    सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रचण्डसहित सम्पूर्ण विभाजित माओवादी नेताहरूलाई बोलाएर अन्तरक्रिया गर्न लागेका हुन् । सहिद सप्ताहको अन्तिम दिन पारेर आज प्रज्ञा भवन कमलादीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष सन्दीप पुनले बताए ।

    प्रधानमन्त्री प्रचण्ड सहित ६ पूर्व माओवादीका नेताहरूले आउन बचन दिएको पुनले बताएका छन् । ‘तत्कालीन जनयुद्धमा सहिद तथा बेपत्ता पारिएका सबै सन्ततिहरूको नाममा संस्था बनाएका छौँ ।

    जनयुद्धमा सहभागी भएका सबै शीर्ष नेताहरूलाई बोलाएको छ’ पुनले भने, ‘सबै शीर्ष नेताहरूलाई एउटै ठाउँमा बोलाएर सहिद तथा बेपत्ता पारिवाको तर्फबाट आफ्नो कुरा राख्ने तयारी गरेका छौँ ।’

    कार्यक्रममा सहिद तथा बेपत्ता पारिएका परिवारको सपना पूरा गराउन घचघच्याइने पुनले बताए । सो कार्यक्रममा प्रचण्डसहित नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा महासचिव विप्लव, नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोला, नेकपा समाजवादी माओवादीका अध्यक्ष कर्णजीत बुढालाई बोलाएको छ ।

    यस्तै, सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाएका छन् ।

    दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारीमा रहेका शाहले सोही विषयमा छलफल गर्न दलको बैठक बोलाएका हुन् ।

    कांग्रेसका प्रदेश सभा सदस्य मेघराज खड्काले बिहान १० बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए । बैठकले मुख्यमन्त्री शाहले आइतबार लिने गरी तय भएको विश्वासको मतका सम्बन्धमा निर्णय हुने उनले बताए ।

    सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सरकारमा आलोपालो तथा मन्त्रालय भागबन्डामा लिखित सहमति नगरेमा विश्वासको मत दिन नसकिने अडान लिएपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् ।

    २६ माघमा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएकै कारण एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । सोही दिन ठुलो दलको हैसियतमा संविधानको धारा १ सय ६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराएका छन् ।

    राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता समीकरण फेरिएपछि प्रदेशमा पनि केन्द्रकै गठबन्धन बनेको हो । मुख्यमन्त्रीले विश्वासको मत दिनु अघि नै शक्ति बाँडफाँड गर्नुपर्ने अडान माओवादी र नाउपाले लिइरहेको बताउदै प्रदेशसभा सदस्य खड्का सबै कुरा सहमतिका आधारमा टुंगोमा पुग्ने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ