News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

४ कामदारका परिवारलाई १०/१० लाख क्षतिपूर्ति

306
SHARES


भैरहवा। सिमेन्ट कारखानामा भएको दुर्घटनामा जलेर मृत्यु भएका चार कामदारका परिवारले १०/१० लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन् ।

रूपन्देहीको सियारी-२ स्थित अर्घाखाँची सिमेन्ट उद्योगमा गत माघ १६ मा भएको घटनामा चार कामदारको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए ।

मृतक कामदारले पाउनुपर्ने बिमाबापतको रकम र सरकारी मापदण्डअनुरूपको सुविधामाथि उद्योगले ३ लाख रुपैयाँ थप गरी प्रतिपरिवारलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराइएको उद्योगका महाप्रबन्धक उद्धव कार्कीले बताएका छन्।

दुर्घटनामा मृत्यु हुनेमा भारतको उत्तरप्रदेश फतेहपुर जिल्ला ग्रामका ५० वर्षीय जितेन्द्र कुमार, बिहारको गोपालगन्ज ग्रामका २७ वर्षीय शशिकान्त कुमार कुशवाह, समस्तीपुर ग्रामका ४८ वर्षीय श्रीराम सिंह र रूपन्देहीको कोटहीमाई-४ का ३८ वर्षीय अंगद हरिजन थिए । उद्योगको कोल मिलको ब्याग हाउसमा कोइला अत्यधिक तातेका कारण भएको आगलागीमा कामदार परेका हुन् ।

रुपन्देही प्रहरीका अनुसार भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो । घटनामा घाइते भारतको उत्तरप्रदेश महाराजगन्जका ४३ वर्षीय शिवलाल हरिजन र बिहारका ४१ वर्षीय राजकिशोर यादव निको भएर फर्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी श्यामु अर्यालले घटनाको जानकारी पाउनासाथ घाइतेको उद्धार र आगो नियन्त्रणका लागि तत्कालै प्रहरी घटनास्थल पुगेको र घाइते तथा मृतक परिवारले पाउनुपर्ने सुविधा र उपचार खर्च सबै पाएको बताएका छन् । ‘पीडित परिवारका तर्फबाट कुनै पनि जानकारी वा उजुरी भने आएको छैन,’ उनले भने ।

‘सुरक्षाको सबै मापदण्ड अपनाएर काम हुने भए पनि त्यो दिन दुःखद् घटना भएको थियो,’ उद्योगका महाप्रबन्धक उद्धव कार्कीले भने, ‘घटनामा परेका मृतक तथा घाइते सबैले हेल्मेटलगायतका सुरक्षा सामग्री लगाएका थिए ।’ घटनालगत्तै पीडितहरूको उद्धार गरेर उपचारका लागि युनिभर्सल शिक्षण अस्पताल र सिटी अस्पतालमा पुर्‍याइएको उनले बताए ।

उद्योगका सुरक्षा प्रमुख उत्तम भट्टराईले कोइलालाई अत्यधिक ताप दिँदा पगालेर बग्ने कोलमिलको ब्याग हाउस सफाइ गर्ने क्रममा अचानक विस्फोट भएको थियो । कामदारमाथि आगो खनिँदा सो घटना भएको उनले बताएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया