News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

गृह पालिकामा आँखा उपचार सेवा गर्दै डाक्टर सन्दुक रुईत

1K
SHARES


काठमाडौँ। नेपालका नागरिकमध्ये हाल सम्मकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने विश्व विख्यात वरिष्ठ नेत्र चिकित्सक डाक्टर सन्दुक रुईतले शनिवारबाट आफ्नै जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शल्यक्रिया सहितको आँखा शिविर सुरु गरेका छन् ।

डाक्टर रुईतको जन्म गाउँ फक्तालुङ गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोला हो। उनको नेतृत्वमा रहेको चिकित्सक तथा आँखा प्राविधिकहरूको टोलीले शनिवार र आइतबार फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गर्दै छ ।

फागुन ८ गते देखि फक्ताङलुङ गाउँपालिकाका विभिन्न दुर्गम बस्तीमा पुगेर आँखा प्राविधिकहरूले आँखाको जाँच गरी मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीको छनौट गरेको थियो। यस अभियानका एक अभियन्ता मिङ्माडण्डु शेर्पाका अनुसार प्रतिष्ठित ईसा अवार्ड प्राप्त गरेपछि उनी शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर कार्यक्रम लिएर पूर्वी नेपाल छिरेका छन् । यो शिविर अघि उनले तेह्रथुम जिल्लाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेका थिए ।

तिलगंगा आँखा प्रतिष्ठान र फक्ताङलुङ गाउँपालिकाको संयुक्त आयोजनामा यस्तो शिविर हुन लागेको हो। डाक्टर रुईत तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक समेत हुन् । दुनियाँले ‘दृश्यका देवता’भनेर चिन्ने डाक्टर रुईतसगँ नेपाल सहित विश्वका विभिन्न देशमा पुगेर आफ्नै हातले १ लाख ८० हजार भन्दा बढी आँखा रोगीको शल्यक्रिया तथा उपचार गरेको अनुभव पनि छ ।

मानवीय सेवामा उच्चतम सहयोग पुर्‍याउने एक जनालाई बहराईन सरकारले हरेक दुई-दुईवर्षमा प्रदान गर्ने १० लाख अमेरिकी डलर राशिको प्रतिष्ठित ईसा अवार्डबाट यसबर्ष विभूषित डाक्टर रुईत आँखा रोगीहरूका लागि ‘वरदान’ को रूपमा परिचित छन् ।

उनले यस अघि सन् २००६ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने रमन सेसे पुरस्कार समेत पाइसकेका छन् । भारतले प्रदान गर्ने प्रतिष्ठित पद्मश्री पुरस्कार र नेपाल सरकारले दिने प्रधानमन्त्री प्रतिभा पुरस्कारका समेत हकदार भइसकेका रुईत विश्वकै दुर्लभ आँखा डाक्टरको रूपमा चिनिन्छन्।

अत्यन्त सरल उपचार सेवा र कम लागतको मोतिया बिन्दुको शल्यक्रिया चिकित्सा प्रणालीको विकास गर्ने उनी आँखा क्षेत्रमा विख्यात मानिन्छन् । आफ्नै जन्म गाउँपालिकामा पुगेर उनले आँखाको शल्यक्रिया तथा उपचार गर्ने भएपछि आँखा रोगीहरूको उल्लेख्य सहभागिता रहेको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष मुक्ति (राजन) लावुङ लिम्बूले बताए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया