• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा अन्धाधुन्ध गोली प्रहार

    385
    SHARES


    काठमाडाैं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुराली स्वामित्वमा रहेको सुपरमार्केटमा अन्धाधुन्ध गोलीचलाएका छन् ।

    मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको रोसारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एउटा समूहले गोली प्रहारसहित मेस्सीलाई आक्रमणको धम्की दिँदै लिखित सन्देश छाडेका छन् । राजधानी ब्युनस आयर्सबाट ३ सय किलोमिटर उत्तरपश्चिममा रहेको रोसारियो अर्जेन्टिनाको तेस्रो ठूलो शहर हो ।

    मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा भनिएको छ, ‘मेस्सी ! हामी तिमीलाई पर्खिरहेका छौं, जाभकिन लागूऔषध तस्कर हो, उसले तिम्रो मतलव गर्दैन ।’

    रोजारियोका शहरका प्रमुख पाब्लो जाभकिनले आक्रमण गरिएको पसलको अवलोकन गरेर लागुऔषधसम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै संघीय अधिकारीहरूको आलोचना गरेका छन् ।

    मेस्सी अर्जेन्टिनामा महान फुटबलरका रुपमा सम्मानित छन् । उनको नेतृत्वमा अर्जेन्टिनी राष्ट्रिय टोलीले गत डिसेम्बरमा विश्वकप प्रतियोगिता जितेपछि उनीप्रतिको सम्मान झन् बढेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ