News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

सङ्कटा क्लबद्वारा एकै दिन २ प्रायोजकसँग सम्झौता

437
SHARES


काठमाडौं । शहीद स्मारक ए डिभिजन फुटबल क्लब संकटालाई खेलकुद सामग्री उत्पादक तथा वितरक यूक्यान तथा निलडेभिड सैलुन एन्ड एकेडेमीले प्रायोजन गर्ने भएका छन् । संकटा क्लब आज शनिबार दुवै पक्षसँग छुट्टाछुट्टै प्रायोजन सम्झौता गरेको हो ।

संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर तथा यूक्यानका प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले सम्झौतापत्र आदानप्रदान गरे । संकटाले यूक्यानसँग आधिकारिक खेल सामग्री प्रायोजकको रुपमा सम्झौता गरेको हो । सो सम्झौताअनुसार यूक्यानले संकटालाई वार्षिक रुपमा ६ देखि ७ लाख रुपैयाँ बराबरको खेल सामग्री प्रदान गर्नेछ ।

अध्यक्ष तुलाधरले निलडेभिड एकेडेमीका अनुराग कँडेलसँग पनि सम्झौतापत्र आदानप्रदान गरेका छन् । संकटाले निलडेभिड एकेडेमीलाई स्टायलिङ पार्टनरको रुपमा सम्झौता गरेको हो । सो सम्झौता अनुसार एकेडेमीले संकटा क्लबका खेलाडीहरूलाई स्टाइलिस बनाउने कार्य गर्नेछ । संकटाको जर्सीमा निलडेभिड एकेडेमीको लोगो अंकित हुने भएको छ ।

प्रायोजन सम्झौतामा अध्यक्ष तुलाधरले यस सत्रमा संकटाले आफ्नो पुरानो गौरव फर्काउन र लिग उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको जानकारी दिएका छन् । उनका अनुसार संकटाले यस सत्रको लिगका लागि २ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्रशिक्षकमा सल्यान खड्गीलाई फर्काएको संकटाले सुनिल बल, मनिष डाँगीसहित आयुष घलानजस्ता घरेलु फुटबलका शीर्ष नामहरुलाई पनि भित्र्याएको छ । अध्यक्ष तुलाधरले अन्य खेलाडी भित्र्याउने प्रयास भइरहहेको बताएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया