काठमाडौँ । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध जनयुद्धको विषयलाई लिएर मुद्धा दायर गर्नु गम्भीर राजनीतिक षड्यन्त्र भएको बताए ।
उनले गणतन्त्र ल्याउन नेतृत्व गरेका मुख्य नेताविरुद्ध नै मुद्धा दायर हुनु भनेको व्यवस्था परिवर्तन नभएको पुष्टि गरेको समेत बताए ।
“जसको नेतृत्वमा नेपालमा गणतन्त्र स्थापना भयो, उसैका विरुद्ध अदालतमा मुद्धा दायर हुनु भनेको गम्भीर कुरा हो र यसले व्यवस्था परिवर्तन नभएको पुष्टि गर्छ” बास्तोलाले भने ।
शान्ति प्रक्रियासँग जोडिएको विषयलाई अदालतमा लैजानु भनेको राजनीति प्रतिसोध भएको समेत बास्तोलाले बताए । उनले जनयुद्धलाई अपराधिकरण गर्नेहरुकाे षड्यन्त्र भएको बताउँदै सबै माओवादीहरुले एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताए ।
“यो प्रचण्डजीको कुरा मात्रै होइन, यो सबै माओवादीहरुको कुरा हो, यसको एकजुट भएर प्रतिवाद गर्नुपर्छ, हाम्रो पार्टी यसको प्रतिवाद गर्छ” बास्तोलाले भने । उनले क्रान्ति सम्पन्न भएको भन्ने प्रचण्डको दाबी यो मुद्धाले गलत भएको पुष्टि गरेको समेत बताए ।
प्रतिक्रिया