• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ वटा खेल हुँदै

    406
    SHARES


    काठमाण्डाै। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ वटा खेल हुँदैछन् ।

    च्यासल मैदानमा हुने खेलमा दिउँसो साढे २ बजे नेपाल पुलिस क्लब र ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदै छ ।

    त्यस्तै दशरथ रङ्गशालामा दिउँसो साढे २ बजे एपीएफ र थ्री स्टार तथा बेलुका साढे ५ बजे मनाङ र हिमालयन शेर्पाबीच खेल हुने भएको छ ।

    लिगमा नवप्रवेशी एफसी खुमलटारले विजयी सुरुवात गरेको छ । हिजो दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा खुमलटारले फ्रेन्ड्स क्लबलाई १-० गोलले हरायो । ‘ए’ डिभिजन लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख  पाउने भएका छन् ।

    लिगमा सहभागी १४ क्लबबीच हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

    यस्तै,आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिज कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित सिरिजको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट हुने जनाएको छ ।

    सिरिज मार्च ९ देखि मार्च १६ सम्म कीर्तिपुरमा हुनेछ । नेपाली टोली हाल विश्वकप लिग टूको अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेल्न यूएईमा रहेको छ ।

    टियु मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ ।

    मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ