• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    इन्धन डिपोमा भिरण आगलागी : १७ जनाको ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते

    543
    SHARES


    इन्डोनेसिया । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको एउटा इन्धन भण्डारण डिपोमा आगलागी भएको छ । आगलागीमा परेर दुई बालबालिकासहित कम्तीमा १७ जनाको ज्यान गएको छ । घटनामा ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् ।

    घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उनीहरुको शरीरका विभिन्न भाग जलेको छ । इन्धन भण्डारण डिपोमा हिजो बेलुका लागेको आगो नजिकै रहेको आवास क्षेत्रमा फैलिएको थियो भने आगलागी फैलिन थालेपछि आवास क्षेत्रमा रहेका मानिसलाई तत्काल घर बाहिर निकालिएको थियो ।

    पाइपलाइन फुट्दा इन्धन लिक भएर आगलागी भएको हुनसक्ने सुरक्षाकर्मीको प्रारम्भिक अनुमान छ । वर्षासँगै परेको चट्याङका कारण आगो फैलिएको हुन सक्ने अनुमान गरिएको छ । इन्डोनेसिया सरकारले घाइतेको उद्धार र उपचारलाई थप प्रभावकारी बनाउन पहल गर्दै छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ