• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    नोबेल शान्ति पुरस्कार विजेता अधिकारकर्मीलाई १० वर्षको जेल सजाय

    566
    SHARES


    काठमाडौँ। बेलारुसको एउटा अदालतले नोबेल शान्ति पुरस्कार विजेता एलेस बियालियात्सकीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

    बेलारुसी अदालतले ६० वर्षीय एलेसलाई हिजो १० वर्षको जेल सजाय सुनाएको मानवअधिकारवादी संस्था भियास्नाले जनाएको छ ।

    भियास्ना एलेसद्वारा स्थापित मानवअधिकारवादी सङ्गठन हो । उनीमाथि सरकारविरोधी गतिविधि गर्नका लागि बेलारुसमा अवैध रूपमा पैसा भित्र्याएको आरोप लागेको छ ।

    सार्वजनिक व्यवस्थाको उल्लङ्घन गर्ने कार्य तथा तस्करीमा दोषी ठहराइएको भियास्ना मानव अधिकार समूहले भनेको बीबीसीले उल्लेख गरेको छ । उनी यसअघि नै अनुसन्धानका लागि थुनामा रहेका थिए ।

    सन् २०२२ को नोबेल शान्ति पुरस्कार एलेसका साथै रुस र युक्रेनको मानवाधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई दिइएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ