सल्यान। सल्यानमा एक पुरुष खोलाको किनारमा मृत भेटिएका छन् । बाग्चौर नगरपालिका ८ कोटमौला घर भएका २४ वर्षीय दिनेश विक त्रिवेणी गाउँपालिका ६ लुहाम बजार नजिकै लुहाम खोलाको किनारमा मृत फेला परेका हुन् ।
कोटमौला घर भएका विक लुहाम बजारमा जय विश्वकर्मा ग्रील उद्योग संचालन गरेर बस्दै आएका थिए । मृत अवस्थामा भेटिएका विकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।
उनका अनुसार इप्रका लुहामबाट खटिएको प्रहरी टोलीले अहिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । मृत्युको यकिन कारण भने अझै खुलेको छैन । विकको शवमा भने कुनै पनि चोटपटक नदेखिएको प्रहरीले जनाएको छ ।
यस्तै, जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा नम्बर ३ भुलेनाका एक युवा भिरवाट लडेर घाईते भएका छन । घाईते हुनेमा अनुसन्धान दाजी ३०/३२ बर्षका देविलाल लुहार रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।
फाल्गुण १९ गते दिउसाे २ बजे तिर गाउँ नजिकै रहेकाे नाना चाैर भिरबाट हाम फाल्न खाेज्दा उनी घाईते भएका हुन ।
निजले भिरवाट हाम फाल्न खाेज्दा उनलाई बचायन गएका साेही वडा बस्ने अन्दाजी २१/२२ बर्षिया लाल लुहार पनि निजसँगै भिरवाट खस्न गई सक्त घाईते भएकाे वडा अध्यक्षले बताए ।
साे घटना भएकाे ईलाका पणरहरी कारणयालय बुढिनन्दाले जानकारी पाउना साथ प्रहरी निरिक्षक सुरज सिहको कमाण्डमा ७ जनाको टोली खटिएको ईलाका प्रहरी कार्यालय बुढीनन्दाले जनाएकाे छ ।
घाईते दुबै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी बाजुरामा उपचार भईरहेको प्रहरीकाे भनाई छ । बिरबाट लडेका देवीलाल लुहारक दुबै हात भाँचिएको, टाउकोमा गम्भिर चोट लागेकाे छ भने लाल लुहारको पुरै शरिर थिचिएको बाहिरी शरीरमा कुनै पनि घाउ/चोट नदेखिएको ईलाका स्वास्थ्य चाैकी काल्टीले जनाएकाे छ ।
प्रतिक्रिया