काठमाडौँ । आगामी चैत १५ र १६ मा काठमाडौँमा २ दिने न्यायिक सम्मेलन हुने भएको छ । सम्मेलनमा सहभागी हुनका लागि काठमाडौँ महानगरपालिकाले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई निमन्त्रणा गरेको छ ।
महानगरले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गर्न लागेको कामपाको उपप्रमुख एवं न्यायिक समितिको संयोजक सुनिता डङ्गोलले बताइन । स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ छ ।
सम्मेलनको तयारीका लागि उपप्रमुख डङ्गोलको अध्यक्षतामा न्यायिक समिति मूल समारोह समिति गठन गरिएको छ । संयोजक डङ्गोलले सबै पालिकाका न्यायिक समितिबाट प्रतिनिधित्व गराउने र असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताएकी छान् ।
सम्मेलन न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलनका विषयमा केन्द्रित भनिएको छ । साथै स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवद्र्धनसम्बन्धी विषय पनि समेटिने जनाइएको छ ।
प्रतिक्रिया