News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

पपुवा न्युगिनीविरुद्ध नेपालले पहिलो सफलता

338
SHARES


दुबई । आईसीसी विश्वकप लिग-२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका हुन् ।

उनले ११ औं ओभरको पहिलो बलमा किप्लिन दोरिगालाई एलबीडब्लू आउट गराएका हुन् । दोरिगाले २६ र बनाए ।

यस्तै, घरेलु टोली भारतलाई तेस्रो टेस्टमा पराजित गरि अष्ट्रेलिया आईसीसी विश्व टेस्ट च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ ।

अष्ट्रेलियाले घरेलु टोलीलाई ९ विकेटले पराजित गरेको हो । टेस्ट च्याम्पियनसिपको फाइनल खेल इंग्ल्याण्डमा जुनमा आयोजना हुँदैछ ।

इन्दोरमा भएको खेलमा भारतले दिएको ७६ रनको लक्ष्य पाहुना टोलीले १ विकेट गुमाएर पूरा गर्यो । पाहुना टोलीका लागि ओपनर ट्राभिस हेडले अपराजित रहँदै ४९ तथा मार्नुस लाबुस्चानेले अविजित रहँदै २८ रन बनाए ।

घरेलु टोलीका लागि रविचन्द्रन आश्विनले १ विकेट लिए । त्यसअघि पहिलो पारीमा ८८ रनले पछि भारतले दोस्रो पारी १ सय ६३ रन बनाएको थियो ।

घरेलु टोलीका लागि चेतेश्वर पुजाराले ५९ रनको अर्धशतकीय ईनिङ खेले । श्रेयस अय्यरले २६ रन बनाउँदा रविचन्द्रन आश्विनले १६ रन बनाए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया