• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अव्यवस्थित इन्टरनेटका तार काट्दै ललितपुर महानगर

    388
    SHARES


    ललितपुर । ललितपुर महानगरपालिकाले अव्यवस्थित रुपमा सडकका पोलमा रहेका इन्टरनेटका तार काट्न सुरु गरेको छ ।

    शुक्रबार पुल्चोकको अक्षेश्वर महाविहार क्षेत्रबाट तार हटाउन थिालिएको ललितपुर महानगरका प्रहरी प्रमुख सिताराम हाथेछुले बताए ।

    सम्पदा क्षेत्रभित्रका बिजुलीको पोलमा राखिएका प्रयोग नभएको सबै तार काट्न लगाउने अभियान सुरु भएको उनले बताए  । महानगरको ऐतिहासिक र धार्मिक क्षेत्र कुरुप भएपछि इन्टरनेटको तार हटाउने काम सुरु गरिएको हाथेछुको भनाइ छ ।

    यसअघि ललितपुर महानगरले आयोजना गरेको तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालालाई प्रयोग नभएको तार हटाउन १० दिनको समय दिइएको थियो ।

    उनले भने- ‘दुई दिनअघि भएको इन्टरनेट प्रदायकसहितको बैठकमा सम्पदा क्षेत्रमा १० दिनभित्र तार व्यवस्थापन गर्ने, महानगरले तार काट्ने कुरा भएको थियो । उनीहरुलाई १० दिनभित्र तार व्यवस्थित गर्न सहमति गराएका थियौँ । तार व्यवस्थित गर्नका लागि २० जना नगरप्रहरी पनि खट्ने निर्णय भएको थियो । अब नयाँ तार राख्दा गाडीले नछुने र पोलको माथि व्यवस्थित ढंगले राख्नुपर्ने छ ।’

    हाल बिजुलीको पोलमा प्रयोग नभएको ८० प्रतिशत हाराहारी इन्टरनेटको तार रहेको र त्यसका कारण शहर र सम्पदा क्षेत्र कुरुप भएको उनले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ