• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रातिको समयमा डिजे बजाउन रोक, अटेर गरे कारवाही हुने

    541
    SHARES


    धनुषा। धनुषा जिल्लाको शहरी एवं ग्रामीण क्षेत्रमा रातिको समयमा डिजे (लाउडिस्पिकर) बजाउन रोक लगाइएको छ ।

    विवाह, वर्तबन्ध, धार्मीक कार्य लगायतको कार्यक्रममा डिजे बनाउन रोक लगाइएको हो । ध्वनी प्रदुषणको प्रभावलाई न्यूनीकरण गर्न राति १० बजेपछि डिजे, माईक तथा ध्वनी उत्पन्न गर्ने सामग्री सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले रोक लगाएको हो ।

    रातिबाहेकको समयमा पनि ठूलो स्वर र अश्लील गीत बजाउने जस्ता गतिविधि नगर्न आग्रह भनिएको छ । ‘अन्य समयमा संचालन गर्दा अश्लिल गीत नबजाउन तथा ठुलो स्वरमा नबजाउनका साथै ध्वनी प्रदुषण हुने गतिविधिहरु नगर्न नगराउन आग्रह गरिएको छ’ बिहीबार प्रमुख जिल्ला अधिकारी काशीराज दहालले जारी गरेको विज्ञप्तीमा भनुएको छ ।

    सो सूचनाको कसैबाट उल्लंघन भएमा प्रचलित कानून बमोजिम तत्कालै कारवाही गर्ने समेत प्रशासनले चेतावनी छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ