• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    राष्ट्रपति निर्वाचन : एमालेले माग्यो रास्वपाको सहयोग

    402
    SHARES


    काठमाडौँ । नेकपा एमालेले यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहयोग मागेको छ ।

    बिहीबार रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी कार्यालय बसुन्धरामा भेटेर एमालेले राष्ट्रपति निर्वाचनमा सहयोग मागेको हो ।

    एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका नेताहरुले लामिछानेलाई भेटेर राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरे ।

    नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव योगेश भट्टराईलगायतका नेताहरुले रास्वपाका नेताहरुलाई भेटेका हुन् ।

    यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर एमाले नेताहरुले नेम्वाङको पक्षमा भोट मागेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ