काठमाडौँ। सन्दीप लामिछानेले दोस्रोपटक ‘ब्रेकथ्रु’ दिलाएलगत्तै आरिफ सेखले युएईको पाँचौँ विकेट लिएका छन् ।
आरिफले आलिसान सराफुलाई दुई रनको अवस्थामा बोल्ड आउट गरे । त्यसअघि सन्दीपले आसिफ खान र रोहन मुस्तफाबीचको ५० रनको साझेदारी तोडेका थिए ।
आक्रामक ब्याटिङ गर्दै ७२ रन बनाएका आसिफलाई सन्दीपले आफ्नो दोस्रो स्पेलको पहिलो ओभरमा शिकार बनाएका हुन् ।
धैर्यतापूर्वक अर्धशतक बनाएपछि आसिफले निकै आक्रमक शैली देखाएका थिए । उनले करण केसीलाई एउटै ओभरमा एक छक्का र दुई चौकासहित १५ रन प्रहार गरेका थिए ।
ताजा अवस्थामा युएईले ३९ ओभरमा पाँच विकेट गुमाएर एक सय ५० रन बनाएको छ । यसअघि ब्याटर अलराउन्डर कुशल मल्लले नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।
तेस्रो विकेटका रूपमा युएईका कप्तान चुन्दगापोयल रिजवान आउट भएका हुन् । ४० बलमा एक चौकाको मद्यतमा २२ रन बनाएका रिजवानलाई कुशलले दीपेन्द्रसिंह ऐरीको हातबाट आउट गराएका हुन् ।
प्रतिक्रिया