बागलुङ। बागलुङको जैमिनी नगरपालिका- ४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको बीभत्स हत्या गरेका थिए ।
घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताएका छन् ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनले प्रारम्भिक सोधपुछका क्रममा छोरीको हत्या स्वीकार गरेको नायब उपरीक्षक थापाले बताएका छन् ।
छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । बालिका हत्याका विषयमा परिवारले प्रहरीलाई खबर गरेका थिए ।
अहिले बालिकाको शव पोस्टमार्टमका लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ र सायरले के-कति कारणले छोरीको हत्या गरे भन्ने विषयमा आवस्यक अनुसन्धान भइरहेको उपरीक्षक थापाले बताएका छन् ।
प्रतिक्रिया