• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली

    राप्रपाद्वारा कर्णाली प्रदेश सरकारको समर्थन फिर्ता

    531
    SHARES


    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    राप्रपाले बिहिबार मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

    संघमा भएको राजनीतिक समीकरणको फेरबदलका कारण राप्रपाले प्रदेशमा पनि समर्थन फिर्ता लिएको हो ।

    यस्तै, टवलको नयाँ बसपार्कमा नि:शुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वर्ल्डलिंक कम्युनिकेसनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा नि:शुल्क वाइफाई इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।

    मंगलबार नि:शुल्क वाइफाई इन्टरनेट सुविधा सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियानअन्तर्गत नि:शुल्क वाइफाई इन्टरनेट जडान गरिएको जानकारी दिए ।

    उनले बसपार्कलाई यात्रुहरूको विश्रामस्थलका रूपमा सञ्चालन हुने गरी अन्य सुविधाहरूसमेत थप गर्दै जाने बताए ।

    वर्ल्डलिंक कम्युनिकेसनका क्षेत्रीय प्रबन्धक आनन्द झाले नि:शुल्क वाइफाई इन्टरनेट जडान गर्न बुटवल उपमहानगरपालिकाले गरेको अगुवाइप्रति खुसी व्यक्त गरे ।

    ‘बसपार्कभित्र लगइन गरेपछि मोबाइलमा एसएमएस आउँछ । प्राप्त कोड हालेपछि नब्बे मिनेटसम्म इन्टरनेट चलाउन सकिन्छ,’ उनले भने, ‘मोबाइलको सेटिङ र सुरक्षाका कारण लगइन गर्दा केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ, त्यसको सबै तरिका बसपार्कमा राखिने सूचनाबोर्डमा उल्लेख गरिएकाे छ ।’

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ