• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    फ्रान्सका पूर्व स्ट्राइकर फन्टेनको ८९ वर्षको उमेरमा निधन

    394
    SHARES


    काठमाडौं । एकै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउने स्ट्राइकर जस्ट फन्टेनको निधन भएको छ।

    फ्रान्सका पूर्व स्ट्राइकर फन्टेनको ८९ वर्षको उमेरमा निधन भएको हो । स्वीडेनमा भएको सन् १९५८ को विश्वकपमा फ्रान्सका लागि फन्टेनले ६ खेलमा १३ गोल गरेका थिए ।

    उनी अर्जेन्टिनाका लियोनेल मेस्सीसँगै विश्वकपका सर्वाधिक गोलकर्ताको सूचीको चौंथो स्थानमा छन् ।

    फन्टेनले सन् १९५३ देखि १९६० सम्म फ्रान्सका लागि २१ खेल खेल्दै ३० गोल गरेका थिए । उनले आफ्नो क्लब करियरको अधिकांश समय रिम्समा बिताएका थिए ।

    जसमा उनले १५२ खेलमा १४५ गोल गरे । तीन पटक लिग वान उपाधि जितेका थिए । खुट्टा भाचिएपछि उनले १९९६ मा २८ वर्षकै उमेरमा सन्यास लिएका थिए ।

    खेल जीवनपछि उनले प्रशिक्षकको रुपमा काम गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ