काठमाडौँ । आईसीसी विश्वकप लिग-२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा पहिलो ओभरमै सफलता पाएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि करण केसीले पहिलो ओभरमै विकेट लिएका हुन् । उनले यूएईका मोहमद वसिमलाई पहिलो ओभरको पाँचौं बलमा बोल्ड आउट गरे ।
यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवप्रवेशी क्लब एफसी खुमलटारले भारतीय डिफेन्डर सन्विल डी कोस्टालाई अनुबन्ध गरेको छ ।
खुमलटारले बिहीबार दक्षिण एसियाली कोटामा डिफेन्डर कोस्टालाई अनुबन्ध गरिएको जनाएको छ । राजस्थान युनाईटेड एफसीबाट खुमलटारले कोस्टालाई अनुबन्ध गरेको हो ।
खुमलटारले उनलाई एक सिजनका लागि अनुबन्ध गरेको हो । नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
खुमलटारले पहिलो पटक शीर्ष डिभिजन लिग खेल्न लागेको हो । खुमलटार ‘बी’ डिभिजन लिगको उपविजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।
प्रतिक्रिया