News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

आज ८ दलीय गबन्धनका सांसदहरुलाई राष्ट्रपति चुनाव केन्द्रित अभिमुखीकरण

275
SHARES


काठमाडौं । आठ दलीय गठबन्धनका सांसदहरुलाई आज राष्ट्रपति चुनावबारे अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

नेपाली कांग्रेसको संयोजनमा ८ दलका संघीय सांसदहरुदलाई आज काठमाडौँमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य सहभागी रहने छन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुने भएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरू कार्यक्रममा सहभागी रहने छन् ।

त्यसैगरी भाेलि नै सातै प्रदेशका सांसदहरूलाई पनि अभिमुखीकरण दिइने निर्णय यसअघि गठबन्धन बैठकले गरेकाे थियाे । यही २५ गते हुने चुनावको लागि आठ दलीय गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा उम्मेदवार बनेका छन् । त्यस्तै, नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन् भने नेवाङलाई अहिलेसम्म कुनै पनि पार्टीले समर्थन गर्ने निर्णय गरेको छैन ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया