News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

भारतबाट इन्धनको मूल्य घटेर आए पनि घटना भाउ

324
SHARES


काठमाण्डौ। नेपाल आयल निगमले भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी)ले ग्यासबाहेक अरु इन्धनको मूल्य घटाएर पठाएको भएपनि मूल्य तत्काल नघटाउने भएको छ ।

पछिल्लो सूची अनुसार खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । तर उपभोक्ता मूल्य अहिलेलाई यथावत राख्ने निर्णय भएको निगमले जनाएको छ ।

हिजो प्राप्त इन्धनको नयाँ सूची अनुसार डिजलको भाउ ५ रुपैयाँ ५ पैसाले घटेको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा, मट्टीतेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले घटेर आएको छ । खाना पकाउने ग्यासको लागत प्रति सिलिण्डर ३ सय ३९ रुपैयाँले बढेको छ ।

पछिल्लो मूल्यपछि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा हुनेछ । ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व बाँकी नै रहेको निगमको भनाइ छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया