काठमाण्डौ। आज कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महासखाले जनाएको छ ।
यी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविद् संजिब अधिकारीले बताए ।
यस्तै, कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।
प्रतिक्रिया