• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    लिग टु : घाइते ढकालको ठाउँमा सन्दीप खेल्ने

    416
    SHARES


    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।

    खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुने भएको छ । नेपालले लिग टु मा लगातार पाँच खेल जित्दै कीर्तिमान बनाएर उच्च लयमा छ । शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो ।

    यूएई भने पपुवा न्य गिनीसँग १ सय ३१ रनको फराकिलो रन अन्तरले पराजित गरेको थियो । त्यसअघि नामिबियाविरुद्धको दुई खेलमा यूएईले एक खेल मात्र जितेको थियो । सिधा हेर्दा अहिले नेपालले लगातार पाँच खेल जितेर लय समातेको छ । यूएई भने पछिल्ला खेलहरुमा संघर्षरत छ । लिग टु को पछिल्ला १० खेलमा यूएईले ६ खेल हारेको छ ।

    नेपाल आफ्नो लयलाई कायम राख्दै यूएईविरुद्ध खेल जित्ने लक्ष्यमा रहेको छ । यूएई  भने पुनरागमन गर्ने लक्ष्यमा हुनेछ । लिग टु को शीर्ष ३ मा पुग्नै आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने लक्ष्यमा रहेको नेपाल र यूएई दुवैलाई आजको खेल उत्तिकै महत्वपूर्ण रहको छ । दुवैले समान ७ खेल खेल्न बाँकी छ ।

    सर्वोच्च अदलातले विदेश जान अनुमति दिएपछि स्पीनर सन्दीप लामिछाने पनि टिममा फर्किएका छन् । उनी बुधबारै यूएई गइसकेका छन् । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका श्याम ढकाल घाइते भएकोले उनको स्थानमा सन्दीपलाई राखिएको छ । जसले गर्दा नेपालको स्पीन डिपार्टमा फाइदा पुग्नेछ ।

    केही समयअघि घरेलु मैदानमा भएको शृखंलामा सन्दीपले चार खेलमा १३ विकेट लिएका थिए । सन्दीपले पहिलो रोजाइमा खेलेमा नेपालले तीन फास्टर बलर खेलाउनेछ । पहिलो खेलमा पपुवा न्यु गिनीसँगको लय कायम राख्दै यूएईविरुद्ध २ अंक जोड्ने नेपालको लक्ष्य छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ