काठमाडौँ । केपी ओली कपको मछिन्द्र फुटबल क्लबले जितेको छ ।
आज सातदोबाटो युथ क्लबलाई ट्राइब्रेकरमा मछिन्द्रले ५-३ ले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल १-१ मा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।
फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २-१ गोलको नतिजामा पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा पुगेको थियो ।
उपाधि जेतेसँगै मछिन्द्रले १० लाख र उपविजेता सातदोबाटोले ५ लाख नगद पुरुष्कार पाएका छन् ।
प्रतिक्रिया