कैलाली। कैलाली जिल्लाको कैलारी गाउँपालिकामा एक महिला र एक जना पुरुष मृत भेटिएका छन् ।
कैलारी गाउँपालिकाको हसुलियामा बुधबार महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले दुवै जना मृत भेटिएको बताएका छन्।
उनले घटनाबारे आवस्यक अनुसन्धान भइरहेको पनि बताएका छन् ।
प्रतिक्रिया